न्यादी हाइड्रोपावरको प्रि अलटमेन्ट आज,बाँडफाँट कहिले ? येस्तो छ क्यापिटलको भनाइ - सिधा मिडिया



न्यादी हाइड्रोपावरको प्रि अलटमेन्ट आज,बाँडफाँट कहिले ? येस्तो छ क्यापिटलको भनाइ

    २ कार्तिक २०७८, मंगलवार १०:४१  मा प्रकाशित
458 जनाले पढ़िसके




काठमाडौं ।

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर यहि साता भित्र बाँडफाँट हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले आज मंगलबार प्रि अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जनाएको छ ।

How to open Demat account in Nepal

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

How to open Demat account in Nepal

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ ।

How to open Demat account in Nepal

यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हुन आउछ ।मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

How to open Demat account in Nepal

त्यस अनुसार २ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता शेयर पाउनेछ । बाँकी २१ लाख ४८ हजार आवेदकले शेयर नपाउने देखिन्छ ।

मेरो लगानी बाट

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस