सेयर बजार बियरिस ट्रेन्डमा : नेप्से ७ महिना यताकै सबैभन्दा तल - सिधा मिडिया



सेयर बजार बियरिस ट्रेन्डमा : नेप्से ७ महिना यताकै सबैभन्दा तल

    २ कार्तिक २०७८, मंगलवार १४:२३  मा प्रकाशित
302 जनाले पढ़िसके




२ महिनाअघि हालसम्म कै उच्च विन्दु करिब ३२ सय छोएको नेप्से परिसूचक यतिबेला ७ महिना अघिको अवस्थामा झरेको छ । नेप्सेको यो ओरालो यात्राले बजारमा बियरिस ट्रेन्ड शुरु भएको आँकलन गरिएको छ ।

गत मार्च १७ तारिखमा नेप्से २४३२.१५ अंकमा थियो भने त्यसयता उचारचढाव हुँदै ३१९९ अंकसम्म पुगेको थियो । तर अक्टोबर १९ तारिखका दिन पौने २ बजेसम्म १ सयभन्दा बढी अंकले घटेर परिसूचक २४८६ अंकमा झरिसकेको छ ।

अहिले अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । नेप्से उच्च विन्दुमा हुँदा दैनिक २१ अर्ब रुपैयाँसम्म कारोबार हुँदै आएकोमा अहिले औसत २ अर्बमा सीमित भएको छ ।

त्यसैगरी बजार पुँजीकरण पनि करिब ९ खर्ब रुपैयाँ कम भइसकेको छ ।

सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेको भन्दै सेबोनले सूची प्रकाशित गर्नु, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ४/१२ को नयाँ नियम लागू गर्नु तथा बैंकहरुले निक्षेपमा युद्धस्तरमा ब्याजदर वृद्धि गर्नाले लगानीकर्ताहरु बजारबाट बाहिरिन लागेको जानकारहरुको तर्क छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस