मालामाल हुने गरी आदर्श लघुवित्तको आईपीओ आउँदै, कहिले हेर्नुहोस् ? - सिधा मिडिया



मालामाल हुने गरी आदर्श लघुवित्तको आईपीओ आउँदै, कहिले हेर्नुहोस् ?

    २ कार्तिक २०७८, मंगलवार १८:१३  मा प्रकाशित
287 जनाले पढ़िसके




आदर्श लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्काशन गर्न असोज २० गते बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तकाे गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशतले हुन आउने सो बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।

न्यादी हाइड्रोपावर आईपीओको प्रि अलटमेन्ट आज सम्पन्न, बाँडफाँट कहिले ?

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले आज मंगलबार प्रि-अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जनाएको छ ।

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हुन आउछ । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार २ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता शेयर पाउनेछ । बाँकी २१ लाख ४८ हजार आवेदकले शेयर नपाउने देखिन्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस