न्यादी हाइड्रोपावरको आइपीओ पाउनेको संख्या आजै एकिन, शुक्रबार बाडँफाँड हुने - सिधा मिडिया



न्यादी हाइड्रोपावरको आइपीओ पाउनेको संख्या आजै एकिन, शुक्रबार बाडँफाँड हुने

    २ कार्तिक २०७८, मंगलवार १९:३६  मा प्रकाशित
363 जनाले पढ़िसके




न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ प्रि –अलोटमेन्ट सम्पन्न भएको छ ।

उक्त आइपीओ आज प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको र उताबाट स्वीकृति आएपछि यसै साताको शुक्रबार बाँडफाँडको तयारी गरेको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २२ लाख ८२ हजार २७ जना आवेदकहरूले २ करोड ७६ लाख १५ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका थिए ।

यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १३ दशमलव १९ गुणा धेरै हो ।

आदर्श लघुवित्तले आइपीओ जारी गर्न बोर्डमा दियो आवेदन

आदर्श लघुवित्तले आइपीओ जारी गर्न नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत असोज २० गते बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिएको हो ।

सेबोनका अनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६० हजार कित्ता अर्थात् ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस