दशैँका बेला नौ जना युवकले गरे तीन किशोरीको सामुहिक ब’ला’त्कार - सिधा मिडिया



दशैँका बेला नौ जना युवकले गरे तीन किशोरीको सामुहिक ब’ला’त्कार

    २ कार्तिक २०७८, मंगलवार २१:२६  मा प्रकाशित
172 जनाले पढ़िसके




नौ जना युवकले तीन जना किशोरी माथि सामुहिक क’र’णी ग’रेका छन् । सिन्धुली जिल्लाको कमालामाई नगरपालिका ५ बोझेका तीन १५, १६ र १७ वर्षकी किशोरी माथि सोही स्थान बस्ने नौ जना युवकले शनिबार राति बोलाएर सामुहिक क’र’णी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईले दिएको जनाकारी अनुसार २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको छ । थप ६ जनाको खोजी कार्य भइरहेको बताइएको छ । पिडित किशोरीको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले यस विषयमा थप अनुशन्धान बढाएको छ ।

पिडित बालिकाको मेडिकल जाँचका क्रममा क’र’णी भएको पुष्टि भएको छ । दशैँ बिदाका कारण अदातल बन्द भएकाले अहिले पुर्जी लिइएको छ । साथै अदालत खुल्ने बितिक्कै थुनामा राखेर अनुसन्धान गर्ने र म्याद थप लिइ थप कारबाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार क’र’णी हुने एक किशोरी र क’र’णी ग’र्ने मध्ये एक युवकबिच पहिले देखि नै चिनाजान रहेको पनि खुल्न आएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस