मामाघरबाट टिका लगाएर फर्केकी २२ वर्षीया युवती यस्तो अवस्थामा भेटिईन - सिधा मिडिया



मामाघरबाट टिका लगाएर फर्केकी २२ वर्षीया युवती यस्तो अवस्थामा भेटिईन

    ४ कार्तिक २०७८, बिहीबार १६:२४  मा प्रकाशित
177 जनाले पढ़िसके




सिन्धुलीको फिक्कल गाउँपालिका-५ मा बाढीले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ । फिक्कल गाउँपालिका-४ खाङसाङ निवासि गनबहादुर भुजेलकी २२ वर्षीया छोरी सबिता भुजेलको मृत्यु भएको हो ।

फिक्कल गाउँपालिका-५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामा आएको बाढीले ब’गा’उँदा भुजेलको मृत्यु भएको हो ।

उनलाई सोमबार साँझ खोलाले बगाएको थियो । केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले ब’गाएको भुजेलको शव करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए ।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आ’क्र’मणबाट एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ। प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ/दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आ’क्रमण गरेको प्रहरीले जनाएको छ।

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आ’क्रमण गरेको हो,’ घटनास्थलबाट शुक्लाफाँटा-१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस