न्यादीको आईपीओ बाँडफाँड सकियो ! यहाँबाट छिटो हेर्ने सकिने रिजल्ट ? - सिधा मिडिया



न्यादीको आईपीओ बाँडफाँड सकियो ! यहाँबाट छिटो हेर्ने सकिने रिजल्ट ?

    ५ कार्तिक २०७८, शुक्रबार १०:०९  मा प्रकाशित
1306 जनाले पढ़िसके




कात्तिक ५ गते शुक्रबार,

न्यादि हाइड्रोपावर लिमिटेडको
आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर
निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई
क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले
कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म
सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ
बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा
ल्याएको थियो।

निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात
४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५
प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर
सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २०
लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई
वितरण गरिएको हो।

सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब
७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको शेयर
खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १०
हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४
सि-आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२
लाख ४१ हजार १३८ जनामा सो शेयर बाँडफाँट
गरिएको हो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस