एमाले चापाकोट वडा नं.१ को वडा अधिवेशनमा भुपराज वोस्ती अध्यक्षमा निर्वाचित - सिधा मिडिया



एमाले चापाकोट वडा नं.१ को वडा अधिवेशनमा भुपराज वोस्ती अध्यक्षमा निर्वाचित

    ६ कार्तिक २०७८, शनिबार २१:१०  मा प्रकाशित
507 जनाले पढ़िसके




प्रदिप पंगेनी / स्याङ्जा – नेकपा एमालेको शनिबार सुरु भएको चापाकोट नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । एमाले चापाकोट नगरपालिका अध्यक्ष राजु कोइराला को प्रमुख आतिथ्यता तथा भुपराज वोस्तीको अध्यक्षतामा प्रथम वडा अधिवेशन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) चापाकोट नगरपालिका वडा नं.१ को प्रथम वडा अधिवेशनमा कमरेड भुपराज वोस्ती अध्यक्षमा निर्वाचित भएका छन ।

निर्वाचित पदाधिकारीहरु
क्रमश ः अध्यक्ष ः क ,भुपराज अधिकारी
उपाध्यक्ष ः क, कर्ण बहादुर आले
सचिव ः क, बोध प्रसाद रेग्मी््
उपसचिव ः क, दिनेश आले
उपसचिव ः क, याम बहादुर आले

अधिवेशन सम्पन्न भएसँगै स्याङ्जाको चापाकोट नगरपालिकाको सबै वडाको परिणाम आउन थालेको एमाले अध्यक्ष राजु कोइरालाले “सिधा मिडिया” संगको कुराकानीमा जानकारी दिए । शान्तिपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको उनले बताए । त्यस्तै पालिका कमिटीका अधिवेशनहरू ९ कात्तिकमा हुने चापाकोट एमालेले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस