प्रदिप पंगेनी / स्याङ्जा – नेकपा एमालेको शनिबार सुरु भएको वडा अधिवेशन धेरै ठाउँमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालयबाट उद्घाटन गरेपछि एमालेको वडा अधिवेशन देशव्यापी रूपमा सुरु भएको थियो ।
नेकपा एमालेको शनिबार सुरु भएको चापाकोट नगरपालिका वडा नम्बर १० को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले चापाकोट नगरपालिका १० को अध्यक्षमा यामकुमारी खनाल सर्वसम्मत चयन हुनुभएको छ ।
निर्वाचित पदाधिकारीहरु क्रमशः
कमिटी अध्यक्ष -: कमरेड यामकुमारी खनाल
उपाध्यक्ष -: कमरेड बिस्णु मल्ल
सचिव -: कमरेड लुकबहादुर खाम्चा
उपसचिव -: कमरेड सुमन रानामगर
उपसचिव -: कमरेड रेशम भट्टराई
वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । चापाकोट १० को प्रथम अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको हो ।
अधिवेशन सम्पन्न भएसँगै स्याङ्जाको चापाकोट नगरपालिकाको सबै वडाको परिणाम आउन थालेको एमाले अध्यक्ष राजु कोइरालाले “सिधा मिडिया” संगको कुराकानीमा जानकारी दिए । शान्तिपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको उनले बताए । त्यस्तै पालिका कमिटीका अधिवेशनहरू ९ कात्तिकमा हुने चापाकोट एमालेले जनाएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस