सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी, यात्रुका लगेज जले - सिधा मिडिया



सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी, यात्रुका लगेज जले

    ७ कार्तिक २०७८, आईतवार ०८:१५  मा प्रकाशित
253 जनाले पढ़िसके




७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ ।

ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ ।

बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।

बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस