स्याङ्जा चापाकोटको राजनीतिमा महिला सहभागिता बढ्यो, वडा कमिटी अध्यक्षमा खनाल - सिधा मिडिया



स्याङ्जा चापाकोटको राजनीतिमा महिला सहभागिता बढ्यो, वडा कमिटी अध्यक्षमा खनाल

    ८ कार्तिक २०७८, सोमबार २०:००  मा प्रकाशित
197 जनाले पढ़िसके




सुनिल न्यौपाने,स्याङ्जा-  नेपाली समाजमा महिलाहरु अहिलेपनि घरायसी काममा मात्र ब्यस्त भएको देखिन्छ। महिलाहरु बाहिरी कार्यक्रम तथा पुरुषको तुलनामा धेरैनै कम मात्र राजनीति तथा अन्य कार्यक्रममा सहभागी हुने गर्दछ्न। पहिलेका बुढापाकाले त झनै महिलाहरू पुरुष जस्तै बहिरी बाताबरणमा घुलमिल भएर हरेक कार्यक्रममा सहभागी भएको मन पराउदैनन।

तर अहिलेको समय भने केहि परिवर्तन भएको देखिन्छ। स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा पनि बिस्तारै महिलाले नेतृत्व गर्ने क्रम बढेको देखिन्छ। केहिदिन आगाडी मात्र सम्पन्न वडा अधिबेशनमा नेकपा एमाले चापाकोट नगरपालिका १० को वडाकमिटी अध्यक्षमा यामकुमारी खनाल सर्वसम्मत चयन हुनुभएको छ। उक्त सम्पन्न वडा अधिवेशनले खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बिष्णु मल्ल, सचिवमा लुकबहादुर खाम्चा र उपसचिवमा सुमन रानामगर र रेशम भट्टराई चयन हुनुभएको हो।

अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।महिलाहरुलाई पछिल्लो समयमा पुरुषहरुले पनि साथ दिन थालेका छन। नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने संविधानले दिएको अधिकारको तुलनामा ज्यादै न्यून देखिन्छ।

२०६२/६३ को जनआन्दोलनपछि समानुपातिक निर्वाचन प्रणालीले धेरै महिला राजनीतिमा सक्रिय भए, सभासद्देखि राष्ट्रको गरिमामय पद पुग्ने मौकासम्म पाए। महिला क्षमतावान् छैनन् भन्ने ‘ब्लेम’ कहिलेकाहीं सिंगै महिला क्षेत्रमाथि नै पनि लाग्ने गरेको छ।

क्षमतावान् महिलालाई समेट्नका लागि समानुपातिक प्रणाली निकै राम्रो पद्धति हो। तर पनि यो प्रणालीलाई नेताहरूले आफ्नो अनुकूल प्रयोग गर्ने गरेकाले दिग्गजदेखि भर्खरकासम्म यसैबाट आउनुपर्ने भएकाले कहिलेकाहीं योग्य व्यक्ति पाखा लाग्ने गरेको पाइन्छ।

नेपालको अन्तरिम संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिसकेको भएपनि २०७२ असोजमा संविधान जारी भएपछि आजसम्म बनेका मन्त्रिपरिषद्मा एकतिहाइ महिला सहभागिता हुन सकेको देखिन्न। साथै जुनसुकै पार्टी तथा संघसंगठन धेरैजसो ठाउँमा महिलाको सहभागिता एकदमै कम रहेको पाइन्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस