अ’पहरणमा परेका ५ वर्षीय बालक यसरी भए मुक्त्त , के भएको थियो ? - सिधा मिडिया



अ’पहरणमा परेका ५ वर्षीय बालक यसरी भए मुक्त्त , के भएको थियो ?

    १० कार्तिक २०७८, बुधबार १९:२५  मा प्रकाशित
87 जनाले पढ़िसके




कपिलवस्तु – आर्थिक लेनदेन र अ’प’हरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अ’पह’रित बालक मुक्त भएका छन् ।

अ’पहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका(३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अ’प’ह’रणमा परेका थिए ।

प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अ’प’हर’ण ग’रेका थिए ।

घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अ’पहरण भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । न्युज कारखाना

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस