मुक्तिनाथ विकास बैंकले घाेषणा गर्याे लाभांश, कहिलेसम्म पाईने ? - सिधा मिडिया



मुक्तिनाथ विकास बैंकले घाेषणा गर्याे लाभांश, कहिलेसम्म पाईने ?

    १४ कार्तिक २०७८, आईतवार ११:००  मा प्रकाशित
300 जनाले पढ़िसके




मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १२ गते शुक्रबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १७.५७ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस