काठमाडौंको डल्लुमा नसोचेको भयो : २१ बर्षकी युवतिले दिईन यस्तो उजुरी - सिधा मिडिया



काठमाडौंको डल्लुमा नसोचेको भयो : २१ बर्षकी युवतिले दिईन यस्तो उजुरी

    १४ कार्तिक २०७८, आईतवार १९:४९  मा प्रकाशित
223 जनाले पढ़िसके




काठमाडौँ – महिलालाई ज’बरज’स्ती क’र’णी ग’रे’को अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–१५ डल्लु बस्ने ३१ वर्षीय नारायण शाही रहेको प्रहरीले जनाएको छ ।

कालिकोट तिलगुफा नगरपालिका–११ का स्थायी बासिन्दा शाहीले ती २१ वर्षीया महिलालाई ज’ब’र्ज’स्ती क’र’णी ग’रे’को प्रहरीको प्रारम्भिक अनसन्धानबाट खुलेको छ । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै, काठमाडौँका दुई स्थानमा लाखौँ बराबरको नगद र सामान चोरी भएको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका-३ घर भएका ४२ वर्षीय राम प्रसाद श्रीवास्तवको कोठाबाट करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना शुक्रबार दिउँसो चोरी भएको छ ।

काठमाडौंकै टोखा नगरपालिका-३ रमाईलो डाँडा बस्ने कुमार शाहको घरबाट १ थान टेलिभिजन र सुनका विभिन्न गहनासमेत गरी करिब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।

चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा सं’ल’ग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस