यि १४ बैंकले गरे लाभांश घोषणा, कसकाे सबैभन्दा उच्च ? (तालिकासहित) - सिधा मिडिया



यि १४ बैंकले गरे लाभांश घोषणा, कसकाे सबैभन्दा उच्च ? (तालिकासहित)

    १५ कार्तिक २०७८, सोमबार ०८:१०  मा प्रकाशित
237 जनाले पढ़िसके




हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । कार्तिक १२ गते शुक्रबार साँझसम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् ।

यी मध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकले गरेको छ भने सबै भन्दा कम प्रस्ताव कुमारी बैंकले गरेको छ । हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस र ४.४६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभाश प्रस्ताव गरेको छ भने कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हिमालयन बैंकपछि सानिमा बैंकको लाभांश उच्च छ । सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत , सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रैशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हालसम्म घोषणा गरिएका १४ बैंकको औसत नगद लाभांश २.७१ प्रतिशत, औसत बोनस शेयर १२.४५ प्रतिशत र कुल औसत लाभांश १५.१७ प्रतिशत रहेको छ ।

अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र सनराइज बैंकको लाभांश घोषणा हुन् बाँकि छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन ।

बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । बिजपाटीले लेखेकाे छ । 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस