५० प्रतिशतले बढ्यो मेगा बैंकको नाफा: वितरणयोग्य नाफा ४९ करोड ८३ लाख, अन्य सूचक कस्ता ? - सिधा मिडिया



५० प्रतिशतले बढ्यो मेगा बैंकको नाफा: वितरणयोग्य नाफा ४९ करोड ८३ लाख, अन्य सूचक कस्ता ?

    १५ कार्तिक २०७८, सोमबार ०८:५९  मा प्रकाशित
189 जनाले पढ़िसके




काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशतले बढी हो ।

उक्त अवधिमा बैंकले १ अर्ब ५१ करोड ७३ लाख ५३ हाजर रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस वर्ष बैंकले खुद ब्याज आम्दानी प्रतिशतले बढी हो ।

गत वर्षको असोज मसान्तसम्म बैंकले १ अर्ब ३३ कारेड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको असोज मसान्तसम्म वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हाजर रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा ६ अर्ब ५९ करोड २९ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले १ खर्ब ४२ अर्ब ३२ करोड ४५ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४१ अर्ब ८५ करोड ५२ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराजब कर्जा ०.८९ प्रतिशत, प्रतिसेयर आम्दानी २४.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४.९९ रुपैयाँ रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस