नबिल बैंकले बैंकहरुमै अहिलेसम्मकै बढी लाभांश दिने, नगद र बोनस कति ? - सिधा मिडिया



नबिल बैंकले बैंकहरुमै अहिलेसम्मकै बढी लाभांश दिने, नगद र बोनस कति ?

    १६ कार्तिक २०७८, मंगलवार २०:३७  मा प्रकाशित
313 जनाले पढ़िसके




नबिल बैंकले बैंकहरुमै अहिलेसम्मकै बढी लाभांश दिने भएको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट ३८ प्रतिशत लाभांश दिने भएको हो।

बैंकले प्रस्ताव गरेको लाभांशमा ३३।६ प्रतिशत बोनस सेयर र ४।४ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो चार बर्ष यताकै उच्च हो।

बैंकले अहिले कायम चुक्तापुंजीको ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। अहिले बैंकको चुक्ता पुंजी १३ अर्ब ८४ करोड रहेको छ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी करिब १८ अर्ब पुग्नेछ।

बैंकले गत आर्थिक बर्ष ४ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस