मंसिरबाट खुल्ने भयो ईपीएस, नेपाली कामदार पनि कोरिया जान पाउने - सिधा मिडिया



मंसिरबाट खुल्ने भयो ईपीएस, नेपाली कामदार पनि कोरिया जान पाउने

    २१ कार्तिक २०७८, आईतवार ०८:४७  मा प्रकाशित
415 जनाले पढ़िसके




काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरोना महामारीका कारणदुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने भएको हो । यो सँगै ईपीएस मार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान सक्नेछन् ।

आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएस प्रक्रिया खुला गर्न दक्षिण कोरियाले अनुमति दिइसकेको बताइएको छ । दक्षिण कोरियाले ईपीएसमार्फत विभिन्न १६ राष्ट्रबाट कामदार लैजादै आएको छ ।

उक्त १६ वटै मुलुकमा यो प्रक्रिया संचालनमा आउने कोरियाको श्रम मन्त्रालयले जनाएको छ । यो प्रक्रिया नोभेम्बर अन्तिम हप्ताबाट सुरु हुने मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष दक्षिण कोरियाले ५० हजार भन्दा बढी कामदार ईपीएस मार्फत लैजाने गरेको छ । हाल ईपीएस प्रक्रिया बन्द रहदा दक्षिण कोरियमा कामदारको अभाव सृजना भइरहेका छन् ।

कोरोना भाइरस संक्रमणको दर घट्ने क्रममा रहेकाले ईंपीएस प्रकिया शुरु गर्न लागेको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस