सनराइज बैंकले पनि घोषणा गर्यो, यति धेरै धमाकेदार लाभांश - सिधा मिडिया



सनराइज बैंकले पनि घोषणा गर्यो, यति धेरै धमाकेदार लाभांश

    २३ कार्तिक २०७८, मंगलवार १८:११  मा प्रकाशित
190 जनाले पढ़िसके




सनराइज बैंकले चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको २२ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले छ दशमलव ६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ छ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस