निफ्राकाे सेयर पाएकाहरुलाई फेरी मालामाल - सिधा मिडिया



निफ्राकाे सेयर पाएकाहरुलाई फेरी मालामाल

    २३ कार्तिक २०७८, मंगलवार १९:५१  मा प्रकाशित
1455 जनाले पढ़िसके




काठमाण्डौ

मंगलबार बजार मापक सूचक नेप्से करिव ८० अंकले घटेर बजार बन्द भएको छ । आजको गिरावटसँगै समग्र बजार २७४९ विन्दुमा झरेको छ । तिहार अघि निरन्तर उकालो लागेको बजार अहिले भने फेरी घट्न थालेको छ ।

आज दिनैभरि विक्री चाप खेपेको शेयर बजारमा २२५ कम्पनीहरुको ६ अर्व ५२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । किनबेच भएका शेयर मध्य १७९ कम्पनीहरुको शेयर मूल्य घटेको छ भने ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । मंगलबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८२ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन ३ कम्पनीको सेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ । साहास उर्जा कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९।९९ प्रतिशतले बढेको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस