फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य, अब नयाँ मुल्य कति ? - सिधा मिडिया



फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य, अब नयाँ मुल्य कति ?

    २४ कार्तिक २०७८, बुधबार २०:३७  मा प्रकाशित
731 जनाले पढ़िसके




नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने सिलिन्डर ग्याँसको मुल्य बढाएको छ। निगमले आज बुधवार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल ,डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर तीन रुपैयाँको दरले बढेको छ। मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १३६ रुपैयाँ, डिजेल र मट्टितेलको ११९ रुपैयाँ पर्नेछ।

त्यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनको मुल्य प्रति लिटर ५ रुपैयाँले बढेर ९६ रुपैयाँबाट १०१ तथा अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रति किलो लिटर अमेरिकी डलर ८९५ पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासमा काठमाण्डौको साबिको मुल्यमा प्रति सिलिन्डर ७५ रुपैयाँले बढेर प्रति सिलिन्डरको खुद्रा बिक्रि मुल्य रु १५७५ रुपैयाँ कायम भएको छ।

मुल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७।५८ रुपीयाँ, डिजेलमा १३।१४ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ६९७।८४ रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

१५ दिनमा पेट्रोलमा करिब रु ६१ करोड २५ लाख, डिजेलमा ९७ करोड ३६ लाख तथा एलपी ग्याँसमा १ अर्ब ११ करोड १७ लाख रुपैयाँ घाटा भई समग्रमा निगमलाइ १५ दिनमा २ अर्ब ६२ करोड घाटा हुने निगमको दाबि छ।

यस अगाडी पेट्रोलको मुल्य प्रति लिटर १३३ रुपैयाँ, डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर ११३ रुपैयाँ कायम गरिएको थियो। भारतीय आयल निगमले यस अगाडी बढेको मुल्य पठाएपनि आफुहरुले मुल्य समायोजन नगरेको निगमले जनाएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस