आजै रातिबाट लागउनु हुने गरि इन्धन र ग्याँस सिलिन्डरको मूल्य ह्वातै बढ्यो - सिधा मिडिया



आजै रातिबाट लागउनु हुने गरि इन्धन र ग्याँस सिलिन्डरको मूल्य ह्वातै बढ्यो

    २४ कार्तिक २०७८, बुधबार २१:०२  मा प्रकाशित
323 जनाले पढ़िसके




काठमाडौं । काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको १२ दिनपछि पुन मुल्य बढेको छ । नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको हो ।

निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस