प्रभु बैंकको शेयर कारोबार रोक्का , नेप्सेले माग्यो स्पष्टिकरण - सिधा मिडिया



प्रभु बैंकको शेयर कारोबार रोक्का , नेप्सेले माग्यो स्पष्टिकरण

    २५ कार्तिक २०७८, बिहीबार १९:१४  मा प्रकाशित
158 जनाले पढ़िसके




नेप्सेले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ।

बैंकले गरेको लाभांश घोषणाको जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट बञ्चित गराई धितोपत्रको मूलल्यमा प्रभाव पारेकोले भनि नेप्सेले स्पष्टिकरण मागेको हो। साथै नेप्सेले उक्त कम्पनीको शेयर कारोबार रोक्का गर्नको लागि पनि निर्देसन दिएको छ।

नेप्सेले जारि गरेको पत्रमा यस्तो लेखिएको छ। “उपर्युक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत श्री प्रभु बैंक लिमिटेडको च.नं.5५७/०७८/७९, मिति २०७८/०७/२३ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । धितोपत्र सूचीकरण विनियमावली, २०७९ को धितोपत्र सूचीकरण सम्बन्धि सम्झौता बुदाँ नं. ५ मा भएको व्यवस्था अनुसार तत्काल वा भोलि पल्ट वा कारोबार समय शुरु हुनु अघि जानकारी गराउनु पर्ने व्यवस्था रहेकोमा

त्यस कम्पनीले लाभांशको वितरण गर्ने निर्णय सोही दिन गराएता पनि कारोबार समय खुल्नु अघि सोही बिनियमावलीको २२ (१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समय दिउँसो १:०० बजे देखि ३:०० बजे सम्ममा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसंग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूलल्यमा प्रभाव पारेकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ १। (ख) मा भएको व्यवस्था अनुसार

त्यस कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैंठक बसि लाभांश घोषणा गरेको हो ? यस सम्बन्धमा यो पत्रका मितिले ७ (सात) दिन भित्रमा स्पष्टिकरण पेश गर्नु हुन मिति २०७८/०७/२५ को निर्णयानुसार अनुरोध गर्दछु ।”

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस