मध्यभोटेकोशी कम्पनीका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै ३११५ रुपैयाँ कमाउने - सिधा मिडिया



मध्यभोटेकोशी कम्पनीका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै ३११५ रुपैयाँ कमाउने

    ४ मंसिर २०७८, शनिबार १९:२८  मा प्रकाशित
2718 जनाले पढ़िसके




मध्यभोटेकोशी कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ ।

त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसा देखि अधिकतम २८३ रुपैयाँ १७ पैसा सम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

मध्य भोटेकोशीकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९४ रूपैयाँ ३९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २८३ रुपैयाँ १७ पैसा हुन्छ । यसैले नेप्सेमा कारोबार भएको पहिलो दिन नै दश किता सेयर परेका सेयर धनीले ३११५ कमाउने छन ।

मध्यभोटेकोशी कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस