न्यादी हाइड्रोपावरका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै ३१०६ रुपैयाँ कमाउने - सिधा मिडिया



न्यादी हाइड्रोपावरका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै ३१०६ रुपैयाँ कमाउने

    ४ मंसिर २०७८, शनिबार १९:४८  मा प्रकाशित
876 जनाले पढ़िसके




न्यादी हाइड्रोपावरकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ ।

त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २ सय ८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

न्यादी हाइड्रोपावरकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९४ रूपैयाँ १३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ८२ रुपैयाँ ३९ पैसा हुन्छ । यसैले नेप्सेमा कारोबार भएको पहिलो दिन नै दश किता सेयर परेका सेयर धनीले ३१०६ कमाउने छन ।

आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख ५२ हजार बढी आवेदक हात खाली भएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस