आइपिओ निष्काशन गर्ने अपर स्याङ्गे हाईड्रोपावरले, तपाईं छुट्नुहोला है ! बेलैमा ख्याल राख्नुस् - सिधा मिडिया



आइपिओ निष्काशन गर्ने अपर स्याङ्गे हाईड्रोपावरले, तपाईं छुट्नुहोला है ! बेलैमा ख्याल राख्नुस्

    ४ मंसिर २०७८, शनिबार १९:५२  मा प्रकाशित
237 जनाले पढ़िसके




अपर स्याङ्गे हाईड्रोपावरले साधारण सेयर आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानियबासी तथा सर्वसाधारणको लागि ८ लाख ७० हजार कित्ता सेयर निश्कानस गर्न लागेको हो ।

कम्पनीले सेयर निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर १ गते बुधबार सम्पन्न भएको छ ।

सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका छन् ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा.वडा नं. ४, स्याङ्गे नदीमा २।४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी गराए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस