एकै कित्ताकाे २१२ रुपैयाँ पर्ने गरी १ अर्ब २७ करोड २० लाखकाे आईपीओ आउँदै - सिधा मिडिया



एकै कित्ताकाे २१२ रुपैयाँ पर्ने गरी १ अर्ब २७ करोड २० लाखकाे आईपीओ आउँदै

    ५ मंसिर २०७८, आईतवार १९:४९  मा प्रकाशित
611 जनाले पढ़िसके




अहिले एकपछि अर्को गर्दै फटाफट बिभिन्न कम्पनीका प्राथमिक शेयर (आईपीओ) आईरहेका छन् । यो लगानीकर्ताका लागि राम्रो अवसर हो । यसैबीच आईपीओ निष्कासनका लागि रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रक्रिया अगाडि बढाएको छ । १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको रिलायबल लाइफ इन्स्योरेन्सले प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले गत साउन १२ गते यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ । धितोपत्र बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । यसैगरी गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा रिलायबलले गत आर्थिक बर्ष ५.३ ९ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

अघिल्लो आर्थिक बर्षको तुलानामा रिलायबलले सार्वजनिक गरेको अन डिटेड वित्तीय विवरणअनुसार गत आर्थिक बर्ष खुद मुनाफा १ करोड १६ लाखले बढेर २१ करोड ४३ लाख पुगेको छ ।

चुक्ता पुंजी १ अर्ब ४० करोड छ भने रिलायबलको जगेडामा ८४ करोड ३५ लाख रहेको छ । जीवन बीमा कोष रिलायबलको २ अर्ब ५८ करोड पुगेको छ । नेट प्रिमियम ८८.०१ प्रतिशतले बढेर रिलायबलको २ अर्ब ९ ५ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक बर्ष १ अर्ब ५७ करोड थियो ।

त्यस्तै मुख्य आम्दानी नेट प्रिमियमको साथ साथै लगानी , कर्जा लगानी तथा अन्य माध्यमबाट रिलायबलले ३६ करोड ९ १ लाख रुपैयाँ आर्जन गरेको छ । रिलायबलको गत आर्थिक बर्ष खुद दाबी १२३.६३ प्रतिशतले बढेर ६७ करोड ९ ८ लाख पुगेको छ भने रिलायबलको यस अवधिमा पोलिसी सङ्ख्या बढेर ३६ लाख ९ हजार ६७८ पुगेको छ ।

रिलायबलको यस अवधिमा प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ९ ६ पैसा रहेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै रिलायबल नेपालले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा कम्पनीले आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । सर्वसाधरणलाई ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गरेको हो । हाल १ अर्ब ४० करोड रुपैयाँ छ भने कम्पनीको आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरिसकेको हुँदा चाँडै यो आईपीओ निष्काशन हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस