मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्दै - सिधा मिडिया



मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्दै

    ५ मंसिर २०७८, आईतवार १९:५३  मा प्रकाशित
170 जनाले पढ़िसके




मिर्मिरे लघुवित्त वित्तीय संस्थाले (MMFDB) एफपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हाे । लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ रुपैयाँ ८० पैसा बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेकाे छ ।

२८०० विन्दु माथि नेप्से, कारोबार रकम साढे ७ अर्ब नजिक पुग्यो

बुधबार नेप्से सूचक करिब १७ अंकले बढेर २८०० विन्दु माथि पुगेको छ। यस दिन कारोबार रकम पनि झण्डै साढे ७ अर्ब पुगेको छ।

बुधबार नेप्से सूचक १६.९५ विन्दुले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ३.९८ विन्दुले बढेको छ। यस दिन २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लाे दिनको तुलनामा कारोबार रकम निकै बढेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस