तपाईसँग निफ्राकाे सेयर छ ? आज मात्रै हाेल्ड गर्नुस, यसकारण तपाई एक दिनमै मालामाल - सिधा मिडिया



तपाईसँग निफ्राकाे सेयर छ ? आज मात्रै हाेल्ड गर्नुस, यसकारण तपाई एक दिनमै मालामाल

    ८ मंसिर २०७८, बुधबार ११:४८  मा प्रकाशित
209 जनाले पढ़िसके




काठमाण्डाैँ:

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि भोलि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले आज मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् । कम्पनीको कार्तिक ३० गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा मंसिर २९ गते काठमांडौको अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा अनलाईन माध्यामबाट बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुइजना सञ्चालकहरुको समेत छनौट गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस