भोलि देखि पहिलो कारोबार गर्ने न्यादी हाइड्रोपावरले यति पाउने भयो ओपनिङ्ग रेञ्ज - सिधा मिडिया



भोलि देखि पहिलो कारोबार गर्ने न्यादी हाइड्रोपावरले यति पाउने भयो ओपनिङ्ग रेञ्ज

    ८ मंसिर २०७८, बुधबार १९:३०  मा प्रकाशित
1320 जनाले पढ़िसके




न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता शेयर नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको छ। सर्वसाधारणमा जारी गरेको आइपीओ समेत गरी कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्बसाधारणमा बिक्री गरेको २५ लाख ५० हजार कित्ता, स्थानीय वासिन्दाको लागि निष्काशन गरेकाे १५ लाख कित्ता र संस्थापक शेयर १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई (NYADI) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ।

बिहीबार यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस