सिटी होटेलले आईपीओ निष्कासन गर्ने: ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धकमा - सिधा मिडिया



सिटी होटेलले आईपीओ निष्कासन गर्ने: ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धकमा

    ९ मंसिर २०७८, बिहीबार १०:४४  मा प्रकाशित
84 जनाले पढ़िसके




सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रतिसेयर अंकिम मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने भएको हो।]

सिटी होटेलले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच आज धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

कम्पनीका कार्यकारी निर्देशक श्री अक्षाय गोल्याणको उपस्थितिमा सम्झौतापत्रमा कम्पनीकोतर्फबाट अध्यक्ष शक्तिकुमार गोल्याण र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। कम्पनीले मिति गत कात्तिक १५ गतेबाट काठमाण्डौ सोल्टीमोडमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ।

उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदीलगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ। कुल १५३ वटा कोठा रहेको उक्त पाँचतारे होटलमा लाइभ म्युजिकसहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ह्यात होटेल्स कर्पोरेसनको चेन ब्राण्डका रुपमा विश्वका विभिन्न देशहरुमा १ हजार वटाभन्दा बढी अन्तर्राष्ट्रियस्तरको ह्यात होेटलहरु स्थापना भई सञ्चालन भइरहेका छन्। सोही अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँचतारे होटेलका रुपमा विश्वस्तरीय सुविधाहरुसहित सञ्चालनमा आएको हो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस