लघुवित्तले अन्य कम्पनीको शेयरमा लगानी गर्न नपाउने, असारसम्म बेचिसक्न निर्देशन - सिधा मिडिया



लघुवित्तले अन्य कम्पनीको शेयरमा लगानी गर्न नपाउने, असारसम्म बेचिसक्न निर्देशन

    ९ मंसिर २०७८, बिहीबार १०:४९  मा प्रकाशित
97 जनाले पढ़िसके




लघुवित्त कम्पनीहरुले कुनै पनि संगठित संस्थाको शेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार अब लघुवित्तले संस्थाले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ ।

यस अघि भने घ वर्गका संस्थाहरुले घ वर्गकै अन्य संस्थाहरुद्घारा जारी भएका शेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने ब्यबस्था थियो ।

अब भने कुनै पनि संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाइने भएको हो ।

राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकत निर्देशन, २०७७ मा संशोधन परिमार्जन थप गरि सोही बमोजिम गर्न गराउन आज मंगलबार नयाँ निर्देशन जारी गरेको हो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस