दु:खद खबर: ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु - सिधा मिडिया



दु:खद खबर: ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोराको मृत्यु

    ११ मंसिर २०७८, शनिबार १९:२०  मा प्रकाशित
640 जनाले पढ़िसके




स्याङ्जा: रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार स्याङ्जाका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका– १० किसान का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका प्रहरीले जनाएको छ ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो ।

तर अस्पतालले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस