अत्यन्तै सं’क्रामक रहेको को’रोनाको नयाँ भेरिएन्ट भेटिएपछी हवाइ उडान बन्द गर्ने तयारी? - सिधा मिडिया



अत्यन्तै सं’क्रामक रहेको को’रोनाको नयाँ भेरिएन्ट भेटिएपछी हवाइ उडान बन्द गर्ने तयारी?

    १२ मंसिर २०७८, आईतवार १७:०६  मा प्रकाशित
2418 जनाले पढ़िसके




नेपालसँगको

सीधा हवाइ उडान भएका मुलुकहरुमा को’रोनाभाइरसको नयाँ भेरिएन्ट ओ’माइक्रोन संक्रमण पुष्टि भएसँगै नेपालले पनि रोकथामको पूर्वतयारीबारे पहल सुरु गरेको छ ।

प्रेमबहादुर आलेले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ सं’क्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने भएका छन् ।‘धेरै देशहरुले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्र’तिबन्ध लगाएको स्थिती छ ।

परिस्थितीमा हामी कसरी अघि बढ्ने भन्नेबारे प्रधानमन्त्रीज्यूसँग छलफल गर्नेछु’ मन्त्री आलेले भने ।

दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको अत्यन्तै सं’क्रामक मानिएको ओ’माइक्रोन भेरिएन्टलाई डब्लुएचओले भेरिएन्ट अफ क’न्सर्नको सूचीमा राखेको छ ।

अफ्रिकासँग नेपालको सीधा उडान नभएपनि हङकङजस्ता सीधा उडान भएका मुलुकमा संक्रमण पुष्टि भएपछि नेपाल सतर्क बनेको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले हङकङमा यो भेरिएन्टका दुईजना संक्रमित भेटिएकाले संक्रमित संख्यामा वृद्धि भए हङकङसँगको उडान रो’क्ने तयारी भैरहेको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस