दुर्घट’नामा श्रीमानको यसरी भयो दुख’द मृ’त्यु, श्रीमती घा’इते - सिधा मिडिया



दुर्घट’नामा श्रीमानको यसरी भयो दुख’द मृ’त्यु, श्रीमती घा’इते

    १८ मंसिर २०७८, शनिबार ०८:३१  मा प्रकाशित
180 जनाले पढ़िसके




जाजरकाेट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृ’त्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दु’र्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घट’नास्थलमै मृ’त्यु भएको छ । उनकी श्रीमती सपना विक घा’इते भएकी छिन् ।

उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो ।

यस्तै झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृ’त्यु भएको छ भने एक जना घा’इते भएका छन् ।बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्र’कको ठ’क्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घा’इते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उप’चार भइरहेको छ ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै आज बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।ठ’क्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृ’त्यु भएको थियो । ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस