बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण - सिधा मिडिया



बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

    १ पुष २०७८, बिहीबार १४:५१  मा प्रकाशित
235 जनाले पढ़िसके




काठमाडौँ — बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।

काठमाडौँ जान लागेको युफोर ३६० नाइनएनएइई जहाज १० मिनेटमै अवतरण गराइएको हो । उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।

भरतपुर विमानस्थलका सूचना अधिकारी विकले जहाजमा धुँवा आउनुको कारण पहिचान भैसनसकेको बताए । उनले कुनै मानवीय क्षति नभएको र जहाजमा ठूलो खराबी नआएको दावी गरे ।

बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

यतिबेला जहाजलाई धावनमार्गमा परिक्षण तथा आगो निभाउने काम भैरहेको छ । जहाजमा खराबी आएपछि यतिबेला अन्य उडान प्रभावित भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस