छुट्ला है प्रभु बैंकमा जागिर खाने अवसर, नजिकियो आवेदन दिने अन्तिम मिति ! (सूचनासहित) - सिधा मिडिया



छुट्ला है प्रभु बैंकमा जागिर खाने अवसर, नजिकियो आवेदन दिने अन्तिम मिति ! (सूचनासहित)

    ४ पुष २०७८, आईतवार १९:२९  मा प्रकाशित
161 जनाले पढ़िसके




काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीमा माग गरेको छ । बैंकले ४ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

एक सूचना निकाल्दै बैंकले सिबिएस असिस्टेन्ट(जुनियर असिस्टेन्ट), सफ्टवेयर डेभलोपर(असिस्टेन्ट सुपरभाइजर), नेटवर्क असिस्टेन्ट/ असिस्टेन्ट/ नेटवर्क सुपरभाइजर/सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो ।

बैंकले जुनियर असिस्टेन्टका लागि प्लस टु उत्तीर्ण र असिस्टेन्ट र सुपरभाइजरका लागि न्यूतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

उक्त पदहरुमा योग्य इच्छुक उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् । आवेदन पुस ८ गते साँझ ५ बजेभित्र दिन सकिने बैंकले जनाएको छ ।

आवेदन अनलाइन मार्फत दिन सकिने छ । जसको लागि कम्पनीको वेबसाइट https://vacancy.prabhubank.com/ रहेको छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस