यो स्कुटरका कारण कलेजकी छात्रालाई घरबाहिर निस्किनै मुस्किल - सिधा मिडिया



यो स्कुटरका कारण कलेजकी छात्रालाई घरबाहिर निस्किनै मुस्किल

    ८ पुष २०७८, बिहीबार ११:३९  मा प्रकाशित
301 जनाले पढ़िसके




तपाइँको नयाँ गाडीको नम्बर नै तपाइँको लागि सं’कटको कारण बन्यो भने के होला ? नम्बरकै कारण तपाइँले मानिसहरुको अगाडि ल’ज्जित हुनुपर्यो भने के गनुृहुन्छ ? भारतको राजधानी दिल्लीमा कलेजकी एक छात्रालाई यस्तै भएको छ । यी युवतीको काल्पनिक नाम प्रिती बताइएको छ र उनको वास्तविक पहिचान खुलाइएको छैन ।

प्रिती दिल्लीको एक मध्यम वर्गको परिवारकी छात्रा हुन् । गत महिना उनको जन्मदिन थियो र उनले आफ्ना पितासँग जन्मदिनको उपहारको रुपमा स्कुटर मागिन् । पिताले पनि छोरीका लागि यताउताबाट पैसा जुटाएर स्कुटर किनिदिए । यहाँसम्म त सबै ठिक थियो तर जब स्कुटर दर्ता गरेर त्यसको नम्बर लिइयो त्यसपछि सं’कट सुरु भयो । खासमा प्रितीलाई आरटिओ (रिजनल ट्रान्सपोर्ट अफिस)ले जुन नम्बर दियो त्यो नम्बरमा संयोगले ‘से’ ‘क्स’ श’ब्द बनिदियो ।

यो गाडीको नम्बर कायम गर्ने निश्चित प्रक्रियाअनुसार संयोगले भएको थियो । तर, यो नम्बरका कारण प्रितीका लागि भने संकट सुरु भयो । बाटोमा मानिसहरुले प्रितीलाई यही शब्दका कारण अ’पमा’नि’त र ल’ज्जि’त बनाउन थाले । प्रितीले पितासँग यो नम्बर परिवर्तन गराइदिन आग्रह गरिन् तर यो सम्भव हुन सकेको छैन ।

दिल्लीका एक आरटिओ अधिकारीका अनुसार अहिले गाडीको नम्बरमा इएक्स अक्षरको पालो आएको छ र यो सिरिजबाट १० हजार गाडीलाई नम्बर दिइन्छ । दुई पाङग्रे गाडीलाई चिन्न एक अक्षर प्रयोग गरिन्छ त्यसैले यो स्कुटरको नम्बर यस्तो बन्यो । तर, यो नम्बरका कारण प्रितीलाई भने स्कुटरमा घरबाहिर निस्किनै कठिन भएको छ ।

प्रिती यो नम्बर बदल्न चाहन्छिन् तर यो सम्भव छ कि छैन भन्ने विषयमा कानुनी जटिलता छ । कमिश्नर अफ दिल्ली ट्रान्सपोर्ट केके दहियाले एक भारतीय मिडियासँग कुरा गर्दै भने ‘एक पटक गाडीलाई नम्बर दिइएपछि त्यसलाई परिवर्तन गर्ने अहिलेसम्म कुनै प्रावधान छैन । यो सबै प्रक्रिया एउटा पूर्वनिर्धारित प्याटर्नमा चल्छ ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस