एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै - सिधा मिडिया



एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

    १३ पुष २०७८, मंगलवार १३:४६  मा प्रकाशित
81 जनाले पढ़िसके




नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ ।

मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो । नेकपा (जनवादी) पार्टीले २०६२ सालमा जुनयुद्धकै बेला तत्कालिन नेकपा माओवादीबाट विद्रोह गरेको चुङवाङ बैठकबाट प्रचण्डको कार्यदिशामा असहमति जनाउँदै आफूहरुले विद्रोह गरेको नेकपा जनवादीकी नेतृ जानुका श्रेष्ठले बताइन् ।

तत्कालीन ने.क.पा. माओवादी ले जनयुद्ध परित्याग गरि शान्ति र संविधान को कार्यदिशा लागू गर्ने २०६२ असोज को चुनबाङ बैठक प्रती असन्तुष्ट हुँदै जनयुद्ध को निरन्तरता का लागि डि.यस . महता को नेतृत्व मा पार्टी बिद्रोह भएको थियो। २०६२ देखि २०६९ सम्म ससस्त्र क्रान्ति गरेको महता नेतृत्व को ने.क.पा. जनबादी २०६९ देखि नेपाल सरकार सँग पटक पटक बार्ता मा बसेर थुप्रै सहमति समेत गरेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस