नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरण : विदेश जान लागेका थिए आरोपित युवाहरू - सिधा मिडिया



नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरण : विदेश जान लागेका थिए आरोपित युवाहरू

    १४ पुष २०७८, बुधबार १९:५३  मा प्रकाशित
1061 जनाले पढ़िसके




काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ परेका छन् ।

बुधवार थप एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए । फरारमध्ये मुगुका हस्त नेपाली पक्राउ परेका हुन् ।

उनीसँगै पक्राउ गरिएका आरोपीको संख्या ८ जना पुगेको छ । बलात्कारमा संलग्न सबै आरोपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘बलात्कारमा संलग्न आरोपी विदेश जाने तयारीमा थिए,’ परिसर काठमाडौंका एसएसपी गिरीले भने, ‘अदालतबाट म्याद लिएर घटनाबारे विस्तृत अनुसन्धान गर्छौँ ।’

घटनामा संलग्न ९ जना मध्ये मुगुका चन्द्र साउद अझै फरार छन् । पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेष्ट हाउसमा लगेका थिए । पछि मुगु छायानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई उनले बोलाए । सो रात मदिरा सेवन गरेर दुई जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भोलिपल्ट बिहान थप ७ जनाले अरु दुईवटा गेष्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । क्लोज सर्किट क्यामेरामा देखिएको फुटेजमा बडुवालसँगै ती युवती हिँडेर गेस्ट हाउसमा गएको देखिएको छ । पुस १३ मा अरु ४ जना आरोपीहरुले उनलाई अर्को गेस्ट हाउसमा लगेको देखिन्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस