ब्राउन सुगर किन्न लागेको अवस्थामा' र्‍यापर लाउरे पोखराबाट पक्राउ - सिधा मिडिया



ब्राउन सुगर किन्न लागेको अवस्थामा’ र्‍यापर लाउरे पोखराबाट पक्राउ

    १५ पुष २०७८, बिहीबार १४:५३  मा प्रकाशित
190 जनाले पढ़िसके




काठमाडौँ —

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले इकान्तिपुरलाई जानकारी दिए ।

लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ,’ एसपी थापाले भने, ‘उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ ।’

एसपी थापाले लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस