यिनै हुन् नयाँ बसपार्कमा ३४ वर्षीया महिलालाई सा’मूहिक ब,’लात्कार गर्ने ९ जना झिल्के ठिटाहरु - सिधा मिडिया



यिनै हुन् नयाँ बसपार्कमा ३४ वर्षीया महिलालाई सा’मूहिक ब,’लात्कार गर्ने ९ जना झिल्के ठिटाहरु

    १५ पुष २०७८, बिहीबार १८:३४  मा प्रकाशित
201 जनाले पढ़िसके




काठमाडौं- काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सा’मूहिक ब,’ला’त्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक ब,’लात्कार गरेको उ’जुरी परेको थियो । महिलाले उ’जुरी दिएपछि उनले बताएको स्थान र हु’लियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हि’क्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली,

छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए ।महिलाको शा’रीरिक तथा मा’नसिक स्वास्थ्य परीक्षण गरी घ’टनाको अनुसन्धान थालिएको र पी’डित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस