भर्खरै, निर्मला ह'त्याका'ण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ - सिधा मिडिया



भर्खरै, निर्मला ह’त्याका’ण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

    १८ पुष २०७८, आईतवार २१:०८  मा प्रकाशित
178 जनाले पढ़िसके




काठमाडौं ।

कञ्चनपुरकी निर्मला पन्तको ह’त्या आ’रो’पमा प्रहरीले एकजना शं’कास्प’द भारतिय नागरिकलाई प’क्रा’उ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको ब’ला’त्का’रपछि ह’त्या भएको थियो ।

१३ बर्षीया निर्मलाको ह’त्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई प’क्रा’उ गरेको छ ।

१५ दिनअघि उनलाई प’क्रा’उ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शं’कास्प’द अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अ’परा’ध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए ।

विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको ह’त्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ ।

कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए । उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिरहेका छौं ।’

यसअघि प’क्रा’उ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस