स्याङ्जाको चापाकोट नगरपालिका वडा नं १० बोटेटार (कान्छि) बजारमा रहेको सामुदायिक कृषि सहकारी संस्थाले आफ्नै कार्यालयको प्राङ्गणमा एक कार्यक्रम बिच १२ औँ बार्षिक साधारणसभा हिजो शनिवार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कृष्णदेव पंगेनीको अध्यक्षता, विष्शिट अतिथिमा रुद्रवाहादुर थापा एवम् शेयर सदस्य हिमलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका व्यवस्थापक केशब पंगेनीले ७७ / ०७८ को वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सहित लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नारायण चापागाईको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा बोल्ने बक्ताहरुमा रामचन्द्र पंगेनी, उदयराज श्रेष्ठ, सुर्य माझी लगाएतले शुभकामना मन्तव्य राख्दै सहकारी संस्थाका सञ्चालकलाई सुझाब दिएका थिए ।
सामुदायिक कृषि सहकारी संस्थाको १२ औँ साधारणसभामा सहकारी संस्थाको तर्फबाट १५ % लाभास वितरण गर्ने भएको छ । यस्तै, २ पुरुष र १ महिला गरी ३ जना जेष्ठ सेयर सदस्यलाइ सम्मान गरेको छ । असल कृर्षक अन्तर गत बाख्रा पालन तर्फ १ जना, भैसी पालन तर्फ १ जना र च्याउ खेती तर्फ १ जना सेयर सदस्य महिलालाई सम्मान गरेको हो । बालवचत अन्तर्गत सबै भन्दा धेरै बचत जम्मा गरेका १ वाबु र १ नानी गरी जम्मा २ जानालाई सम्मान गरेको हो । हाल सम्म सामुदायिक कृषि सहकारी संस्थामा ५१३ जना सेयर सदस्य पुगेका छन । कार्यक्रमको सञ्चालन विवेक अधिकारीले गरेका थिए ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस