पर्यटन मन्त्री आले चढेको गाडी दुर्घटना - सिधा मिडिया



पर्यटन मन्त्री आले चढेको गाडी दुर्घटना

    २७ पुष २०७८, मंगलवार २२:०४  मा प्रकाशित
235 जनाले पढ़िसके




धनगढी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेकाे छ ।

मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएकाे जानकारी दिए । उनकाअनुसार मन्त्री आले महेन्द्रनगरमा आयाेजना हुने कार्यक्रममा सहभागी हुन अर्काे गाडी चढेर त्यसतर्फ गइसकेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस