निर्मम तबरले घाटीमा चक्कु प्रहार गरी स्याङ्जाको वालिङमा १६ महिने बालकको हत्या, १ घाईते - सिधा मिडिया





निर्मम तबरले घाटीमा चक्कु प्रहार गरी स्याङ्जाको वालिङमा १६ महिने बालकको हत्या, १ घाईते

    २८ पुष २०७८, बुधबार १८:३४  मा प्रकाशित
462 जनाले पढ़िसके








प्रदिप पंगेनी / स्याङ्जा : स्याङ्जामा चक्कुु प्रहार गरी एक जना नाबालकको निर्मम तबरले हत्या भएको छ । भने १ जना बालिका घाईते भएकी छन ।

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका- १२ सिर्सीबोट घर भई हाल वालिङ नगरपालिका. – १० भकुण्डेमा डेरा गरी वस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङको घाटीमा चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले “सिधा मिडिया” लाई जनाए अनुसार मिति २०७८।०९।२८ गते दिउँसो १:२० बजेको समयमा जिल्ला पर्वत पैयु गाउँपालिका.-५ घर भई हाल स्याङ्जाको वालिङ नगरपालिका. – १० भकुण्डेमा डेरा गरी वस्ने वर्ष ३३ को जितेन्द्र गुरुङले १६ महिने नाबालकको चक्कु प्रहार गरि हत्या गरेको जानकारी दिए ।

चक्कुु प्रहारबाट गम्भीर घाइते भएका साईमनको तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाईएकोमा १:४५ बजे डाक्टरले मृत घोषणा गरेको हो ।

त्यस्तै, मृतकको दिदी बर्ष ५ की साईना गरुङको घाटी (अगाडि),वायाँ हातको बुढी औलामा चोट लागेको छ भने  प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ । उनको भने अवस्था मध्यम रहेको जानकारी दिए ।

धारिलो हतियार (चक्कु) प्रहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली खटिई निज जितेन्द्र गुरूङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस