निफ्राकाे चमत्कार: सर्किट नै हानेपछि लगानीकर्ता मालामाल, अब यतिसम्म पुग्ने भयो !

    २८ पुष २०७८, बुधबार १९:०५  मा प्रकाशित
1521 जनाले पढ़िसके








काठमाडौं

लगातार बढेको शेयर बजारमा बुधबार भने करेक्सन आएको छ । नाफा बुकको दवावमा पर्दा नेप्से घटेको हो । नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।



दिनैभरि तिव्र उतारचढाव रहेको बजारमा बन्द हुने बेलामा करेक्सन आएको हो । आज नेप्से परिसूचक ३० अंकले घटेर समग्र बजार २८०३ विन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने ८ अर्व माथि पुगेको छ ।

आज दिनैभरिमा २२९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २९ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीरुको शेयर मूल्य भने घटेको छ ।

तर निफ्राले भने लगानफकर्तालाई खुसी पारेकाे छ । निफ्रा लगायतका चार कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा नेपाल बंगलादेश बैंकको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । आज लगानी र उत्पादन उपसूचक बाहेक अन्य सबै उपसूचक घटेको छन ।

अघिल्लो बर्ष प्राथमिक शेयर निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)को शेयर मूल्यमा बुधबार सर्किट लागेको छ । साथै यो कम्पनीको शेयर खरिद विक्री पनि उच्च भएको छ ।

आज निफ्रा लगाएत कर्पोरेष्ट विकास बैक,नारायणी विकास बैक र मध्य भोटेकोशीको शेयर मूल्यमा समेत सर्किट लागेको छ । निफ्राको करिव ३ लाख कित्ताको शेयर कारोबार भएको छ भने करिव ५ लाखले यो कम्पनीको शेयर खरिदको लागि माग गरेका छन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस