निफ्रा सहित २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ! - सिधा मिडिया



निफ्रा सहित २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट !

    २९ पुष २०७८, बिहीबार ०१:२१  मा प्रकाशित
254 जनाले पढ़िसके




बुधबारको कारोबार सुरु भएको एक घण्टा समेत नपुग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) सहित दुई कम्पनीको सेयर मूल्यमा सकारात्कम सर्किट ब्रेक लागेको छ । आजको कारोबारमा निफ्रा र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको समेत सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज निफ्राको सेयर मूल्य ३३ रुपैयाँ ९० पैसाले बढेर ३ सय ७२ रुपैयाँ ९० पैसा पुगेको छ भने कर्पोरेड डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य ५५ रुपैयाँले बढेर ६ सय ५ रुपैयाँ २० पैसा पुगेको छ । पछिल्लो समय दोस्रो बजारमा निफ्राको सेयर मूल्यमा उच्च गिरावट आएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस