एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु - सिधा मिडिया



एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

    ३० पुष २०७८, शुक्रबार १७:५८  मा प्रकाशित
178 जनाले पढ़िसके




काठमाडौं: नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन्। देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।  त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस