दुःखद् खबर: नेप्सेमा नेपाल बङ्गलादेश बैंकको सेयर काराेबार राेक्का - सिधा मिडिया



दुःखद् खबर: नेप्सेमा नेपाल बङ्गलादेश बैंकको सेयर काराेबार राेक्का

    ३० पुष २०७८, शुक्रबार १८:०९  मा प्रकाशित
277 जनाले पढ़िसके




नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । हिजाे (पाैष २९ गते, बिहीबार) नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ ।

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसनको प्रारम्भिक सम्झौता
त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार आज (पाैष ३० गते, शुक्रबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस